Home » Blog » मोदीका दोस्त आया। (कृष्ण र सुदामा)

मोदीका दोस्त आया। (कृष्ण र सुदामा)

Ankushdaily
0 comment 22 views
(स्तम्भकार कुमार रुपाखेती)
दुई दिने भ्रमणमा भ्लादिमिर पुटिन भारत आएपछि इण्डिया नै पुटिनमय भएको छ। भारतमा ‘गोडी मिडिया’ को नामले बदनामी कमाएकाहरू उफ्रि-उफ्रिँ, तछाड–मछाड गर्दै पुटिन वर्णनको रोजगारीमा व्यस्त छन्। पुटिन हतियार बेच्न खप्पिस र माहिर खेलाडी हुन्। चीन र पाकिस्तानले घेरिएको भारतको कमजोर रक्षा प्रणालीबाट वाकिफ पुटिनले भारतमा अर्बौ डलरको मिसाइल, बन्दुक र लञ्चर बेच्ने देखिन्छ। भारतमा अहिले पनि सेनाले झण्डै ७० प्रतिशत रसियन हतियार नै प्रयोग गर्छ।
हालसालै पाकिस्तानसँगको लडाइँमा रसियन हतियारले नै कमाल देखाएको सबैलाई थाहै छ। यि सबै घटनाले वाकिफ पुटिन साथी मोदी भेट्न भन्दा पनि व्यापार गर्न, ग्राहक खोज्न र रसियन हतियारको प्रचार गर्न भारत आए। पुटिन यसअघि समेत पटक–पटक भारत आए। जति पटक आए, हतियार बेचेर कमाए। रुसलाई बेच्न भारतसित केहि छैन । त्यसो त रुस र भारतको सम्बन्ध जवाहरलाल नेहरू र इन्दिरा गान्धीको पालादेखि नै प्रगाढ छ।
विपक्षी नेता राहुल गान्धीले मोदीको छदम भेष र कर्तुत उजागर गर्ने डरले पुटिनसँग राहुलको भेटघाट हुनु नदिन मिडियाहरूलाई प्रयोग गरिएका छन ।तर दिग्गज खेलाडी पुटिनका जाजासूसहरूले मोदी–राहुल घमासानबारे जानकारी पाइरहेका छन्। मोदीले पटक–पटक ‘‘मस्को से आया मेरा दोस्त, मेरे दोस्तको सलाम करो’’ भनिरहेको देखिन्छ। अमेरिका, रुस र पैसावाला मुस्लिम देशका प्रमुखहरू आउँदा भारतले ‘‘सहयोग पाउने निगाहले’’ खूबै स्वागत, सत्कार र आवभगत गर्छ। रिझाएर सहयोग, सैन्य सहयोग हातपार्छ ।
पुटिन आगमनमा भारत सरकारले महिला पत्रकारहरूलाई प्राथमिकतामा राखेकोमा दिग्गज भारतीय पत्रकारहरूले अचम्म मानेका छन्। पुटिनलाई थाहा छ—भारत–पाकिस्तान अथवा भारत–चीन युद्ध जहिले पनि हुन सक्छ। भारतले अलिअलि धन कमाएको छ। अमेरिकासँग सम्बन्ध राम्रो छैन भन्ने चाल पाएका पुटिनले अलिअलि सहयोग र हतियार खैरातमा दिएर अन्य घातक हतियारको राम्रो नगदी व्यापार गर्ने लक्ष्य रहेको छ। तीन वर्ष लामो युक्रेन युद्धमा अलग–थलग परेका पुटिनलाई पैसाको अभाव छ, अनि भारत राम्रो र भरपर्दो ग्राहक ठानेर व्यापार गर्न, पैसाको जोहो समेत हुने भएकोले अनि हतार–हतार भारत आए। तर पुटिनको भारत आगमनलाई भारत सरकार र मिडियाले ‘‘भगवान आए सरह’’ प्रचार गरे। प्रचारबाजीको क्रममा विपक्षीहरूलाई समेत निशाना बनाइयो।

परदादा र नानीहरूले कससँग सम्बन्ध बताएको उनका उत्तराधिकारी नाति,पोता राहुलहरूलाई पुटिन भेट प्रवेश निषेध गरिएको कुरा पुटिनलाई जासूसहरूले भनीसके। हुन सक्छ–पुटिनले रुचि देखाए, राहुलसँग भेट हुन सक्छ। तर मोदी हरकिने डर छ।  ‘‘आप आए बहार आई स्तरमा’’ बाहिर जेजस्तो शोरगुल गरिएपनि दोस्त भेट्न भन्दा पनि पुटिन व्यापार गर्न भारत आए।
पुटिनको निरंकुश शासनशैली विश्व विख्यात छ। नत्र १५ वर्ष सत्तामा को नै टिकेको छ र? कम्युनिस्ट शासक पुटिन र प्रजातन्त्रवादी भनिने मोदीको शैली उस्तै–उस्तै हो। भारतमा विपक्षको बेहाल छ।
शान्तिवादी, अहिंसावादी गान्धीजीको मुलुकमा अन्धयुद्ध गर्ने, अशान्तिका प्रतीक रुसका राष्ट्रपति पुटिन आउदा जस्तो उत्साह र उमंग भारतीय मिडियामा छ, त्यसको छनक र मतलबसमेत जनताले गरेका छैनन्। पुटिन आगमनमा भारत सरकार र गोदी मिडिया एकातिर, आम जनता अर्कोतिर देखिनु मोदीका लागि राम्रो संकेत होइन। गान्धीले भनेका छन्— “बुरा मत सुनो, बुरा मत देखो, बुरा मत कहो।”
छिमेकी हिमाली मुलुक नेपालको नागरिक भएकोले शान्ति क्षेत्र नेपालबाट पुटिन र मोदीलाई ‘‘शान्ति, ओम शान्ति’’ भन्न चाहन्छु। मोदीले पुटिनको हातमा ‘गीता’ थमाउने, अनि आफूचाहिँ हतियार किन्ने ? पुटिनलाई त महाभारतको पुस्तक उपहार दिनु पर्ने । जहाँ युद्ध अनि युद्ध नै युद्ध।
पुटिनको अभिन्न र नम्बर–वन मित्र देश उत्तर कोरिया र चीन हुन ।भारत कुन श्रेणी र स्तरको पुटिनको मित्र हो, यो खोजको विषय हो। पुटिन कृष्ण हुन्, मोदी सुदामा।
कृष्ण र सुदामा मित्र हुन् । एउटा धनी र शक्तिशाली, अर्को निर्धन र कमजोर।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.