Home » Blog » राजीव पराजुलीको महत्वपूर्ण चासो

राजीव पराजुलीको महत्वपूर्ण चासो

Ankushdaily
0 comment 19 views
(स्तम्भकार कुमार रुपाखेती)
राजीव पराजुली पटक–पटक मन्त्री भएका तथा यसै क्षेत्रबाट सांसद बनेका हस्ती हुन् । करिब २७ वर्षअघि मन्त्री भएका, सांसद बनेका उनको पर्सा क्षेत्र नं. १ र २ मा अझै राम्रो पकड छ । हिजो उनले आफ्नो पोस्टमा “कुनै एक पार्टीबाट उम्मेदवार भई जितेको र अहिले अर्कै पार्टीको प्रचार गरेर हिँडेको देख्दा नेपालको प्रचलित कानूनले यस्ता जनप्रतिनिधिबारे के भन्छ ?” भन्ने प्रश्न जनतासँग सोधेका छन् । यसको जवाफ यस्तो छ, नेपालको कानून अनुसार, कुनै राजनीतिक दलको उम्मेदवार भएर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूले पछि पार्टी छोडेर अर्को पार्टीमा गएमा सामान्यतया पद कायम रहँदैन । नेपालको संविधानमा दल त्याग सम्बन्धी यस्तै व्यवस्था छ । कानूनी रूपमा नेपालको संविधान, निर्वाचन आयोग, स्थानीय तह ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा यस्तो व्यवस्था छ । कुन–कुन अवस्थामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पद जान्छ भन्ने स्पष्ट व्याख्या गरिएको छ ।
निष्कर्षमा, पार्टीबाट जितेको जनप्रतिनिधि अर्को दलमा गएमा कानूनी रूपमा पद गुम्ने जोखिम उच्च हुन्छ र औपचारिक प्रक्रिया पूरा भएपछि पद खारेज हुन्छ । निर्वाचन आयोग नेपालले यस्ता दलबदलु र दोहोरो चरित्र भएका नगर, गाउँ वा व्यक्तिको केसबारे जानकारी वा जाहेरी दिएमा प्रक्रिया अगाडि बढाउने गर्दछ ।
राजीव पराजुली पर्साका बौद्धिक, जुझारु र संघर्षशील पुर्व मन्त्री हुन् । पर्सा र नेपालकै राजनीतिमा उनी अझै प्रभावशाली र सक्रिय छन् । हाल उनी रा.प्र.पा.मा सक्रिय छन् । पराजुलीको समसामयिक पोस्टले नेपाली मतदाता र खासगरी पर्सा जिल्लाका मतदाताहरूको ध्यान आकर्षण गरेको छ । वास्तवमा नियम–कानूनलाई चुनौती दिँदै केही जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले धडल्लेले अर्कै उम्मेदवारको चुनावी प्रचारमा पर्सामा बदनामी कमाएको, कानूनलाई पुडको देखाउने दुस्साहस पर्सा जिल्लामा देखिएको छ । पराजुली दाइलाई सलाम छ । तर कानून सक्रिय छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.