71
मान्छेहरूसित सुन, चाँदी, हीरा–मोतीको खजाना हुन्छ, रुपैयाँ– पैसाको खजाना हुन्छ, तर यी सबका बाबजुद ओली “बा” सित गालीको खजाना पनि छ । गाली शिरोमणि ओली आज हो कि भोलि ।
(स्तम्भकार कुमार रुपाखेती)
“ई हमरा गरियावता” काहे गाली देलि ह रे’ भन्दै हाम्रो मधेसमा के झगडा भइरहन्छ । अर्थात् गालीले झगडाको श्रीगणेश गर्दा रहेछ । हत्यारा, गँजडी, भ्रष्ट जस्ता शब्दहरू राजनीतिमा दो दो हात गर्न अस्त्र बनेको छ ।
वालेन र ओलीको गाली गलौज काठमाडौँ देखि सरेर झापा पुगेको छ । ओली प्रधानमन्त्री र मेयर बालेनको छुट्टा गाली–गलौज सुरु भएको वर्षौँ भइसक्यो । तर यी दुवैको बेलगाम गालीगलौज रुक्ने नामै छैन । निर्वाचनमा त यो गालीगलौज उत्कर्षमा छ । ओली र बालेन झापाको एउटै क्षेत्रबाट भाले भिडन्त गर्ने भएपछि एक–अर्कालाई गालीको बौछार गर्न थालेका छन् । “बुरी नजरवाला तेरा मुँह काला” भन्ने एमालेलाई रा.स्व.पा.ले झाडु(बढनी) से बहारदेहम भनेछ ।
बिहारका लालू प्रसाद यादव गरियाउन माहिर मानिन्छन् । अब्बल दर्जाको गालीगलौजको डिक्सनरी हुन् लालू । त्यसैले बिहारीहरू रिसाउँदा “समोसामे आलु, बिहार में लालू” भन्छन् । बिहारी लालूभन्दा तल्लो दर्जाको तुच्छ भाषाका जानकार हुन् ओली । एकपल्ट बिरामी ओलीको हालखबर सोध्न ओली निवास पुगेका माधव नेपाललाई ओलीले तल्लो स्तरमा “श्रद्धाञ्जली दिन आएको हो ?” भन्दै माधवलाई होच्याए ।
ओलीले झापामा मान्छे मारेको आरोपमा जेल बसेका, ओली नेता होइन भन्ने बालेनलाई ओलीले गँजडी, नानाथरी नशाधारीको उपमा दिए । वर्तमान निर्वाचनमा एजेन्डाविहीन भएको एमाले गालीगलौज गरेर चुनाव जित्ने फिराकमा देखिन्छ । यसपालिको निर्वाचनमा बढ्दो गालीगलौजको क्रेज देख्दा यो निर्वाचनलाई गालीगलौजवाला निर्वाचन भन्न थालिएको छ । जो अगुवा उही बाटो हगुवा झै ओली नै गालीगलौजको सुरुआत गएको पाइन्छ ।
भनिन्छ, १४ वर्ष जेल बस्दा मुँहफट कैदीहरूको संगतले ओलीले गालीगलौज गर्ने तौरतरिका सिके । अहिले राजनीतिमा फड्को मार्न उनले गरियाउने चलनलाई चलनचल्तीमा ल्याए । अस्ती एमाले महाधिवेशनताका बिहानै–बेलुकै बेतुकमा ईश्वर पोखरेल, योगेश भट्टराईहरूलाई गालीगलौज गरिरहन्थे ।
गरियाएर पार्टी अध्यक्षमा जितेका उनले झापामा गालीगलौज गरेरै, पेलेरै पुनः जित्ने रणनीति बनाएका छन् रे । ओलीले नबुझेको कुरा के हो भने आफ्नो एमालेका झोले जमातलाई जे मनपरी भनेझैँ ओलीको गालीको बौछारलाई झापाली मतदाताले किन सहन्थे ? झापालीहरू त त्यसै पनि कसैको दासता स्वीकार्दैनन् ।
ओलीले गालीगलौजको सरुवा रोग अरूलाई पनि सारिदिए । पर्सा–२ का काङ्ग्रेसी उम्मेदवारले समेत गालीगलौजको घाटाको व्यापार गरेछन्, बालेन गँजडी भनेछन् । ओलीको नीति नै “आफैँ राँड, देशै भाँड” स्तरको छ । प्रधानमन्त्रीकालको अन्तिम दिन थुप्रैलाई गोली ठोकेर “मैले होइन” भन्दै अझै थुथुरई गर्दैछन्।
“गु लाई चलाए गन्धँ” भन्ने जमाना होइन यो । लोहेको लोहे काटता है । ओली–बालेन गालीको दोहोरी चलेको चल्यै छ । “तुम डाल–डाल, मैं पात–पात” स्तरमा चलिरहेको ओली–बालेनको थुतुनोमा ब्रेक लाग्ने लक्षण देखिँदैन ।
चपरचपर, फटरफटर बोली रहने ओली र मुख बन्द गर्दै थोरै बोल्ने बालेनबीचको डाँट–फटकार कविले तारिफ छ । तर यो निर्वाचनलाई परिवर्तनको निर्वाचन भन्ने जनतालाई ओलीहरूले गालीगलौजको निर्वाचन गरेको देख्दा मधेसतिर “गइल भैँस पानी पिए” भन्न थालेका छन् ।
ओलीका लागि “काला अक्षर भैँस बराबर” भएकोले पनि गालीगलौजले प्राथमिकता पाएको छ । राम १४ वर्ष वनवास बसेर रावण मारे, ओली १४ वर्ष जेल बसेर गरियाउन सिके, सभ्यता बिर्से ।
मान्छेहरूसित सुन, चाँदी, हीरा–मोतीको खजाना हुन्छ, रुपैयाँ– पैसाको खजाना हुन्छ, तर यी सबका बाबजुद ओली “बा” सित गालीको खजाना पनि छ । गाली शिरोमणि ओली आज हो कि भोलि ।
इहे मुँह, मसूर के दाल, कैसे होई ओलीजी ।
साभार:- अंकुश दैनिक पत्रिकाबाट