27
छाताछापमा राजेशमान विजयी भए । यस्ता घटनाले देखाउँछ भिडको भरोसा हुँदैन । भीड तमाशा हेर्न भिडभाड गर्छ । त्यसैले धनाढ्य दलहरूले पार्टी प्रवेशको नाममा साम, दाम, दण्ड, भेद, रुपैयाँ, पैसाको खोला बगाएर मतदातालाई दिग्भ्रमित गरेको पाइन्छ । एमाले त वडा–वडामा संगठित भएको दल भनिन्छ । अनि वडा नपसेर कोठा किन पसेको होला । खैर, सबैको आ–आफ्नै किसिमको समस्या हुन्छ । एमालेको पनि आफ्नै विकराल समस्याको चाङ होला । स्यालको सिङ कसैले नदेखे पनि स्यालको सिङ हुन्छ भने झै वडा–वडामा संगठन, वडा कमिटी नभए पनि कसै–कसैले छ भने होलान । नेतृत्वपंक्तिलाई विश्वास लागेन होला, अनि त टाउन हल रोजेको होला । केही राजनैतिक दलका कार्यकर्ताहरूमा अनुशासनको कमी, स्कुलिङ्गको अभाव र धैर्यताको कमी देखिन्छ । सिद्धान्त, आदेश, नीति पोलेर खाइसके । मतदाताहरू यस्ताहरुसित आजित छन् । वेदागी, नयाँ चेहरा–मोहरा खोज्दैछन् । पर्सामा मात्र होइन, मुलुकभरि नै रैथाने, पुराना अनुहार नर्कान थालेका छन् । छातीमा हात राखेर भन्नुस्— बालेनले ओलीको छक्का छुटाएका छन् कि छैनन् । अनि पर्सामा पनि नयाँ अनुहार पुरानाकालागि हाउगुजी साबित भएकै छन् ।
(स्तम्भकार कुमार रुपाखेती)
आदर्शनगर रंगशालामा खेलकुदका कार्यक्रम हुँदैन, नारायणी रंगशालामा फुटबल प्रतियोगिता हुँदैन, स्विमिङ पूलमा पानी हुँदैन,सभागृहमा (टाउन हल) सांस्कृतिक कार्यक्रम हुँदैन आदि इत्यादि अपत्यारिला कुराहरू हाम्रो महानगरमा सरेआम देखिन्छन् । वाह रे वीरगन्ज । आज टाउनहलमा एमालेको पार्टी प्रवेश कार्यक्रम रे । धन्य, टाउनहलले सांस्कृतिक कार्यक्रमको सट्टा राजनीतिक कार्यक्रम गर्ने रोजगारी पाएको छ । एमाले मात्रै होइन, सबै साना–ठूला राजनैतिक दलहरूले दस्तुरी तिरेर सभागृहमा कार्यक्रम गर्दै आएका छन् । अन्य दलहरूले वडा–वडामै समर्थकहरू भेला गरेर पार्टी प्रवेश कार्यक्रम गरेको देखिन्छ । तर एमालेले होलसेलमा टाउनहलमा भिड देखाउन खोज्नुको रहस्य के हो ? के कारणले एमाले नेताहरूको रोजाइ वडाको सट्टा टाउन हल बन्यो ?
भोट माग्न वडा–वडामा धाउने अनि पार्टी प्रवेशलाई टाउनहल रोज्नुका थुप्रै कारण छन् । अस्ति नगवामा पार्टी प्रवेशमा अनहोनी भएपछि एमालेले होसियारी देखाएर टाउनहलमा सिफ्ट भएको चर्चा छ । तर मतदान त वडाले गर्छ, निरीह टाउनहलले के गर्छ ? त्यसै पनि पार्टी प्रवेश त खुला गाउँमा सबैले देख्ने सुन्ने गरी गर्ने चलन छ । चारदिवारी भित्रको कार्यक्रमले खुल्ला जस्तो प्रचार पाउँदैन । कोठे बैठक र किचेन क्याबिनेटका लागि ओली पनि नामुद नै थिए। पार्टी प्रवेशका लागि आरामदायी कोठामा बसेर दे दनादन फोन आउन थालेको मतदाताहरू बताउँछन् । कतिपयले पार्टी प्रवेशमा खास रुचि नदेखाएको, आनाकानी गरेको तथा हाकाहाकी पार्टी प्रवेश नगर्ने जवाफ दिएको पनि देखियो । यसरी पार्टी प्रवेशको निमन्त्रणा बाँड्नेहरू यो तीन महिनाको अवधिमा कम्तीमा तीन वटा पार्टी प्रवेश गरेर निराश फर्केका धुरन्धरहरू हुन् ।
छिन–छिनमा पार्टी इन, पार्टी आउट हुने नेताहरूको बिचलित चरित्र देखेर आजकाल पार्टी प्रवेश कार्यक्रम “एक देखावा” साबित भएको छ । तर पनि निर्वाचनअघि कमजोरहरूले बरियारी (बलियो) देखाउन पार्टी प्रवेश मञ्चन गरिरहन्छन् । पार्टी प्रवेश एउटा तमाशा बाहेक केही होइन । यो प्रवेश प्रक्रिया फ्लप (असफल) कार्यक्रम साबित भइसकेको छ । २०७९ को स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार विजय सरावगीको तामझाम, भिडभाड, लावालस्कर सहितको विशाल जुलुस देखेर ‘आयो, आयो सरावगी आयो’ भन्ने हल्ला हावा भरेको बैलुन झै फिस्स भयो ।
छाताछापमा राजेशमान विजयी भए । यस्ता घटनाले देखाउँछ भिडको भरोसा हुँदैन । भीड तमाशा हेर्न भिडभाड गर्छ । त्यसैले धनाढ्य दलहरूले पार्टी प्रवेशको नाममा साम, दाम, दण्ड, भेद, रुपैयाँ, पैसाको खोला बगाएर मतदातालाई दिग्भ्रमित गरेको पाइन्छ । एमाले त वडा–वडामा संगठित भएको दल भनिन्छ । अनि वडा नपसेर कोठा किन पसेको होला । खैर, सबैको आ–आफ्नै किसिमको समस्या हुन्छ । एमालेको पनि आफ्नै विकराल समस्याको चाङ होला । स्यालको सिङ कसैले नदेखे पनि स्यालको सिङ हुन्छ भने झै वडा–वडामा संगठन, वडा कमिटी नभए पनि कसै–कसैले छ भने होलान । नेतृत्वपंक्तिलाई विश्वास लागेन होला, अनि त टाउन हल रोजेको होला । केही राजनैतिक दलका कार्यकर्ताहरूमा अनुशासनको कमी, स्कुलिङ्गको अभाव र धैर्यताको कमी देखिन्छ । सिद्धान्त, आदेश, नीति पोलेर खाइसके । मतदाताहरू यस्ताहरुसित आजित छन् । वेदागी, नयाँ चेहरा–मोहरा खोज्दैछन् । पर्सामा मात्र होइन, मुलुकभरि नै रैथाने, पुराना अनुहार नर्कान थालेका छन् । छातीमा हात राखेर भन्नुस्— बालेनले ओलीको छक्का छुटाएका छन् कि छैनन् । अनि पर्सामा पनि नयाँ अनुहार पुरानाकालागि हाउगुजी साबित भएकै छन् ।
हाय रे टाउनहल ।
पद सानो, गाँस ठूलो गर्नहरू नेपालमा थुप्रै छन् । वीरगन्जमा पनि होलान । ठूला शक्तिशाली पार्टीको कुरै चर्को । हामी त कमजोर मतदाता । अनि चुनावमा करामत देखाउने पनि मतदाता । बलियो मतदाता । बेचारा मतदाता कसैले नठानुन ।
साभार:- अंकुश दैनिक पत्रिकाबाट