60
मधेसले नचिनेको मान्छे भनेको एमाले हो । र हामी मधेसी मतदाता काउली हौ । होस गरौँ ।
(स्तम्भकार कुमार रुपाखेती)
घन बढेको राम्रो, मन बढेको नराम्रो । ओलिका झोलेहरूको हेपाहा प्रवृत्तिमा अहिलेसम्म कमी आएको छैन । बेलगाम जथाभावी फलाक्ने रोगले ग्रसित छन् । “रस्सी जल गई पर ऐठन नहिगई” को अवस्था पुग्दासमेत महेश बस्नेत मार्का झोलेहरूले “थुतुनो र मुतुनो” लाई नियन्त्रणमा राख्न सकेका छैनन् । भोजपुरीमा उक्ति नै छ— “इहे मुँह पान खियावेला, इहे मुँह जुत्ता खियावेला ।” समग्र मुलुकमा एमालेको अवस्था डावाडोल भएपछि आत्तिएका एमालेका डन महेश बस्नेतले मधेस र मधेसीलाई होच्याउँदै “छाउरा” को उपमा दिए । “छाउरा” जस्तो घटिया शब्दबारे मैले व्याख्या गर्नु पर्दैन होला । अहिले मुलुकभरि खासगरी तराई–मधेसमा एमालेको पत्तासाफ छ । झन यो छाउरा शब्दको प्रयोगले एमालेप्रतिको उकुसमुकुस खुलेर छताछुल्ल हुन थालेको छ । वीरगञ्ज मधेस आन्दोलनको उर्वर भूमि हो । तर एमालेवालाहरूको “छाउरा” शब्दले वीरगञ्जमा समेत ठूलो तरङ्ग ल्याएको छ ।
वीरगञ्ज, पर्सामा एमालेको अवस्था एकदमै दयनीय छ । जोरजाम गरेर रातारात उम्मेदवार खोजिएको छ । अनि हेपाहा प्रवृत्तिले “छाउरा” भन्दै मधेसी समुदायलाई होच्याएपछि वीरगञ्जमा समेत एमालेको खेल खतम, पैसा हजम रे । कांग्रेस–एमालेको नक्कली गठबन्धनको सरकारलाई जेनजी आन्दोलनले राजनीतिमा पाखा लगाएपछि यिनीहरूको दिनको चैन, रातको निद्रा हराम छ ।
निर्दोष विद्यार्थीलाई भदौ २३ गते जथाभावी गोली हानी हत्या काण्डलाई अन्जाम दिने ओलीहरुलाई, एमालेलाई जनताले चुनावी सुलीमा चढाउने निश्चित छ । कांग्रेसले रमेश लेखकलाई टिकट नदिएर सजाय दिएको छ भने एमाले र ओलीलाई फागुन २१ गतेको निर्वाचनमा जनताले सजाय दिँदैछन् । एमालेमा “बलिको बोका” जस्तै थुप्रै उम्मेदवार छन् । यस्ता “बलिको बोका रूपी” उम्मेदवारहरूको पराजित अनुहार काबिले तारिफ छ । बडी ल्याङ्ग्वेजले नै यिनीहरू पराजित मनस्थितिमा रहेको सन्देश दिन्छ ।
मधेसी समुदायलाई छाउरा भनेपछि वीरगञ्जको मधेसप्रेमीहरूको माहौल गर्माएको छ । छाउराको प्रतिशोध पर्सामा समेत मतपत्रमा देखिने निश्चित छ । हामी मधेसीलाई छाउरा भन्नेहरूलाई हामीले भुस्याहाको पदवी दिँदैछौँ । भुस्याहा, खौराहा इत्यादि एमालेले चुनावमा अनेक नौटंकी देखाउँछ । आफ्नोलाई पाखा र पराईलाई काखा गर्ने मदारीको खेल, तमासा चटक वीरगञ्जमै क्षेत्र नं. १ मा खुलेआम देखियो ।
छाता छापका साफसुथरा छविका उम्मेदवार रामनरेश यादवले समेत एमालेले मधेसी समुदायलाई होच्याएर “छाउरा” भनेकोमा खेद प्रकट गरे । घटिया शब्द प्रयोग गर्ने मधेसी समुदायलाई होच्याउने, बिच्क्याउने छद्मभेषीहरूलाई पर्साका जनताले मतपत्रबाट जवाफ फर्काउने बताए ।
वास्तवमा छाउरा जस्तो अपहेलित शब्दले मधेसी स्तब्ध छन् । जनताले मतपत्रबाट यिनलाई अब ठाडो जवाफ फर्काउने बताए । तित्राको मुख वैरी र एमाले उस्तै–उस्तै हो । मधेसमा मधेशी समुदायले को छाउरा, भुस्याहा, खौराहा हो भनी जवाफ दिने उचित बेला यही हो । मौकामा मतदाताले चौका हान्नै पर्छ । बोक्सीले (डायनले) समेत दुई घर छोड्छ रे । मधेसबाट चुनाव लड्ने, भोट माग्ने अनि मधेसी समुदायलाई घोचपेच गर्ने, तल्लो स्तरको भाषा प्रयोग गर्नेहरूलाई “जिस थाली में खाया, उसी में छेद करने वाला” झुण्ड भन्न थालिएको छ । यस्तै तानाशाही रवैयाले मधेस प्रदेशमा एमालेले मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख गुमाएर राजनैतिक टाट पल्टिएकै हो । अब “छाउरा” शब्दले मधेसमा एमाले सांसदको रेसबाट समेत घोक्रेठ्याक खाने निश्चित छ ।
निभ्न लागेको बेला जोडले बल्छ रे । काल आएपछि स्याल शहर पस्छ रे । घण्टाघरमा रहेका मधेसी सहिदप्रति सच्चा श्रद्धाञ्जलि नै “छाउरा” जस्तो घोर अपमानजनक शब्द प्रयोग गर्नेहरूका लागी दण्ड सजाय हो ।
“कसम मधेसी सहिदकी जालिमोलाई मतपत्रसे करारा जवाफ देकर मधेसी सहिदको सम्मान र “छाउरा” शब्दको अपमानको बदला लेगे भन्ने थुप्रै छन् ।
एउटा गीत छ-
ए काउली,
नचिनेको मान्छे,
माया लाउली,
दुखः पाउली ।
मधेसले नचिनेको मान्छे भनेको एमाले हो । र हामी मधेसी मतदाता काउली हौ । होस गरौँ ।
सियार उहे ह पुछवा रंगाईल बा ।
जय मधेस ।
साभार:- अंकुश दैनिक पत्रिकाबाट