382
अरूलाई नैतिकता र विधिको शासनको पाठ सिकाउने सार्वजनिक पद धारण गरेका व्यक्तिहरू नै नियम मिच्न अग्रसर हुन्छन् भन्ने एउटा उदाहरण वीरगन्जमा देखिएको छ। आज सम्पन्न मतदान प्रक्रियामा निर्वाचन आयोगले कुनै पनि मतदातालाई मतदान केन्द्रभित्र मोबाइल फोन लैजान पूर्ण रूपमा रोक लगाएको थियो। तर, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उक्त नियमको बेवास्ता गर्दै मतदान केन्द्रभित्र मोबाइल फोन लगेर आफूले मतदान गरेको तस्बिर कैद गरेका छन्।