Home » Blog » संसदीय इतिहासमै रास्वपाको ऐतिहासिक रेकर्ड, समानुपातिकतर्फ ५० लाख मत कटाउने पहिलो दल

संसदीय इतिहासमै रास्वपाको ऐतिहासिक रेकर्ड, समानुपातिकतर्फ ५० लाख मत कटाउने पहिलो दल

Ankushdaily
0 comments 10 views
विरगंज ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीतर्फ ५० लाखभन्दा बढी मत प्राप्त गर्दै नेपालको संसदीय इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। निर्वाचन आयोगले मंगलबार बिहान ११:१५ बजेसम्म अद्यावधिक गरेको तथ्याङ्कअनुसार रास्वपा सर्वाधिक समानुपातिक मत प्राप्त गर्ने पहिलो राजनीतिक दल बनेको हो।

Screenshot

हालसम्म गणना भएको कुल १ करोड ४ लाख ४० हजार ४०४ मतमध्ये रास्वपा एक्लैले ५० लाख १३ हजार १८९ मत अर्थात् करिब ४८ प्रतिशत हिस्सा आफ्नो पक्षमा पारेको छ। नेपालको लोकतान्त्रिक अभ्यासमा यसअघिका कुनै पनि संसदीय निर्वाचनमा एउटै दलले समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडा पार गर्न सकेका थिएनन्। यस अभूतपूर्व जनमतले रास्वपालाई वर्तमान राष्ट्रिय राजनीतिको सबैभन्दा ठूलो र प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको छ।
बालेन शाहको नेतृत्व र विशेषगरी युवा पुस्ताको उत्साहजनक समर्थनसहित निर्वाचनमा होमिएको यस दलले प्रत्यक्षतर्फ पनि १२५ भन्दा बढी निर्वाचन क्षेत्रमा जित हासिल गर्दै स्पष्ट बहुमततर्फ उन्मुख देखिएको छ। अर्कोतर्फ, समानुपातिकतर्फको मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका परम्परागत दलहरू भने तुलनात्मक रूपमा निकै पछाडि परेका छन्।

सम्बन्धित पोस्टहरू