[nepali_today_date]
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद
Ankush Daily
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

‘मोबाइल’को निउँमा भनाभन हुँदा …

गर्छिन पुकार आमा, रोईकराई जोडले …

५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो...

रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा...

बालेन सरकारको निर्णयमाथि गम्भीर प्रश्न : सिटिईभीटीबाट भट्टराई किन हटाइए, सफिउल्लाह कसरी...

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

नवीनतम व्यापार समाचार

    बिजनेस

    आगामी सातादेखि ‘व्याजदर करिडोर’ कार्यान्वयन हुने

    अंकुश दैनिक साउन १९, २०७३
    written by अंकुश दैनिक

    १९ साउन, काठमाडौं । आगामी सातादेखि व्याजदर करिडोर कार्यान्वयनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले व्याजदर करिडोर कार्यान्वयनमा ल्याउने भएको हो ।

    व्याजदरलाई स्थिर राख्ने उद्देश्यले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा करिडोर कार्यान्वयन गर्ने घोेषणा गरेको थियो । करिडोर कार्यान्वयनको तयारी अन्तिम अवस्थामा पुगिसकेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अनलाइनखबरलाई बताए ।

    ‘करिडोर कार्यान्वयनको चरण अन्तिम अवस्थामा छ,’ शिवाकोटीले भने- ‘आगामी हप्तादेखि कार्यान्वयन गर्नेगरी गृहकार्य भइरहेको छ ।’
    गभर्नर निकट स्रोतका अनुसार करिडोर कार्यान्वयनको विषय आज (बुधबार) गभर्नर कहाँ पठाइदैछ । केही दिनभित्रै गभर्नरले निर्णय गर्ने र त्यसपछि कार्यान्वयनमा ल्याइने छ ।

    के हो व्याजदर करिडोर ?

    करिडोरको अर्थ बाटो हो । जसअनुसार व्याजदर करिडोरको अर्थ व्याजदर हिँड्ने बाटो भनेर बुझ्नुपर्छ । यस अर्थमा व्याजको न्यूनतम र अधिकतम दरको सीमा व्याजदर करिडोर हो ।

    व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा स्थायीत्व हुने र त्यसले अर्थतन्त्रमा बहुआयामिक सकरात्मक प्रभाव पार्ने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थपन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले बताए ।

    ‘करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ,’ श्रेष्ठले भने ।

    कसरी हुन्छ कार्यान्वयन ?

    श्रेष्ठका अनुसार राष्ट्र बैंकले बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोवारको दुई दिन अगाडिको ब्याजदरमा ०.१० प्रतिशतले घटाएर दुई साताको निक्षेप बोलकवोलको ब्याजदर निर्धारण गरिने छ । बैंकहरुबीच दुई दिन अगाडि २ प्रतिशतमा अन्तर बैंक कारोवार भएको भए त्यसमा ०.१० प्रतिशत घटाउदा १.९ प्रतिशत हुन्छ । यो ब्याजदर करिडोरमा न्यूनतम सीमा हो ।

    अहिले बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्दा औसतमा २ प्रतिशत व्याज पाउँछन् भने राष्ट्र बैंकबाट लिँदा ७ प्रतिशत व्याज तिर्नुपर्छ । राष्ट्र बैंकले यसरी बैंकहरुलाई उपलब्ध गराउने रकमलाई स्थायी तरलता सुविधा (एसएलएफ) हो ।

    करिडोर लागू भएपछि अहिलेको अवस्थामा व्याजदर २ प्रतिशतभन्दा तल र ७ प्रतिशतभन्दा माथि जाँदैन भन्ने ग्यारेन्टी हुन्छ ।’जब राष्ट्र बैंकले बैंकहरुलाई बढी व्याज दिन्छ, तब उनीहरुले सर्वसाधारणको निक्षेपको व्याजपनि बाध्य भएर बढाउनुपर्ने हुन्छ,’ उनले भने ।

    सर्वसाधारणलाई फाइदा के ?

    राष्ट्र बैंकका अनुसार गत जेठ महिनाको मुल्यवृद्धिदर ११ प्रतिशत छ भने सोही महिना बैंकहरुले निक्षेपमा दिने औषत व्याजदर ३ प्रतिशत छ । यस्तो अवस्थामा निक्षेपकर्ताहरुले बैंकमा निक्षेप राख्दा ८ प्रतिशत घाटा व्यहोर्दै आएका छन् ।

    निक्षेपको व्याजदरभन्दा मुल्यवृद्धि बढी भएकाले राष्ट्र बैंक चन्तित भएको भन्दै चालू आवभित्रै व्याजदरलाई मुल्यवृद्धिको हाराहारीमा र्पुयाउने केन्द्रीय बैंकको सोच भएको श्रेष्ठ बताउँछन् ।

    ‘हामी चाहन्छौं, यो आर्थिक वर्षमै मुल्यवृद्धिको हाराहारीमा व्याजदर पुगोस, नियामकको दाबाब त्यसतर्फ नै रहन्छ’ उनले भने। व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुने र देशले विगतदेखि नै त्यस्तो समस्या भोग्दै आएको र करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्ने श्रेष्ठको भनाई छ ।

    साउन १९, २०७३ 0 comments 6 views
  • बिजनेस

    बैंकमा जागिर खाने हो ? मेगा बैंकमा ७७ जनालाई अवसर

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 11 views

    १९ साउन, काठमाडौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले …

    FacebookTwitterWhatsappTelegramEmail
  • बिजनेस

    साओमीको ‘एमआई म्याक्स’ स्मार्ट फोन नेपाली बजारमा

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 9 views

    १९ साउन, काठमाडौं । साओमीले नेपाली बजारमा साओमी एमआई म्याक्स स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ …

    FacebookTwitterWhatsappTelegramEmail
  • बिजनेस

    भूकम्पपीडित भन्छन्- सरकार ! अझै कति समय टेन्टमा बस्ने ?

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 11 views

    १९ साउन, मेलम्ची । वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ काफ्ले खोेलाका नरबहादुर …

    FacebookTwitterWhatsappTelegramEmail
  • मनोरन्जन

    चलचित्र निर्देशक यादब खरेलको संयोजकत्वमा

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 17 views

    अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वर रहेको ‘ओइ झुमा, झुम्कावाली’ बोलको गीत युट्युबमा राखेको …

    FacebookTwitterWhatsappTelegramEmail
  • मनोरन्जन

    ‘राष्ट्रिय चलचित्र नीति’ कार्यन्वयनका लागि समिती गठन

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 5 views

    चलचित्र निर्देशक यादब खरेलको संयोजकत्वमा संचार मन्त्रालयले ‘राष्ट्रिय चलचित्र नीति’ कार्यन्वयनको अनुगमन तथा मुल्यांकन समिती …

    FacebookTwitterWhatsappTelegramEmail
  • मनोरन्जन

    ज्योती मगरको तीज गीतः ‘दरमा फलफूल हैन ह्विस्की र वाइन खाइन्छ’

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 13 views

    कलाकारलाई यसै कलाकार भनेर सम्मान र इज्जत दिइएको होइन । कलाकार समाजका त्यस्ता प्रतिनधी पात्र …

    FacebookTwitterWhatsappTelegramEmail
  • मनोरन्जन

    अबुधाबीमा भव्य रुपमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने, मनोज भन्छन्-‘धाँधली हुँदैन’

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 15 views

    पहिलो पटक अन्तरराष्ट्रिय रुपमा विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुँदैछ । सेप्टेम्बर ९ अर्थात …

    FacebookTwitterWhatsappTelegramEmail
  • मनोरन्जन

    ‘वीर विक्रम’का फ्यानबाट मिलन र दयालाई यस्तो उपहार

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 9 views

    भदौ ३ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘वीर विक्रम’को अहिले सर्वाधिक चर्चा छ …

    FacebookTwitterWhatsappTelegramEmail
  • खेलकुद

    मारियो गोट्जे र आन्द्रे सर्ले डर्टमुण्डमा आवद्ध

    अंकुश दैनिक साउन १९, २०७३
    साउन १९, २०७३ 16 views

    काठमाडौं । बुण्डेसलिगा सुरु हुन चार साता बाँकी छ । आगामी सिजनदेखि बोरुशिया डर्टमुण्डबाट खेल्न …

    FacebookTwitterWhatsappTelegramEmail
  • 1
  • …
  • 1,076
  • 1,077
  • 1,078
  • 1,079

Categories

  • abc (92)
  • Top News (1,458)
  • अन्तर्राष्ट्रिय (543)
  • अन्तर्वार्ता (2)
  • खेलकुद (317)
  • फोटो फीचर (23)
  • बिजनेस (164)
  • भिडियाे (2)
  • मनोरन्जन (60)
  • मुख्य पृष्ठ (2)
  • मुख्य समाचार (1,843)
  • राजनीति (752)
  • विचार (148)
  • समाचार (6,547)

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

  • अध्यक्ष :- दिपेन्द्र चाैहान
  • सम्पादक :- बिकाश चाैहान
  • सम्वादाता :- सन्तोष रंजितकार
  • ९८५५०२२५४६
  • ankushmedia1@gmail.com
  • दर्ता नं: २०९१
  • घणटाघर, रेड क्रस बिल्डिङ – ९, विरगंज, नेपाल

उपयोगी लिङ्कहरू

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

ताजा खबर

लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बद्वारा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री देउवा
क्रियाशिल युवा पत्रकार र पोखरीया नपाका जनप्रतिनिधिबीच भेटघाट तथा छलफल
राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.

Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद