Home » Blog » भारतका उपराष्ट्रपति धनखडले दिए राजीनामा

भारतका उपराष्ट्रपति धनखडले दिए राजीनामा

Ankushdaily
0 comment 30 views
नयाँ दिल्ली ।
भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। ७५ वर्षीय धनखडलाई एनडीए गठबन्धनले उपराष्ट्रपति बनाएको थियो।
भारतीय सञ्चारमाध्यमहरूले यसको पुष्टि गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई सोमबार दिएको राजीनामामा उनले भनेका छन्– ‘स्वास्थ्यलाई प्राथमिकता दिन र चिकित्सा सल्लाह पालना गर्न म संविधानको धारा ६७(क) बमोजिम तुरुन्तै लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिन्छु।’
धनखरले यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व विकासको साक्षी हुनु र यसमा भाग लिनु एक सौभाग्य र सन्तुष्टि रहेको पनि बताएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.