Home » Blog » कविताः कोरोना विशेष

कविताः कोरोना विशेष

अंकुश दैनिक
0 comment 9 views

कविताः
कोरोना विशेष

कोरोनाले पाठ सिकायो
जीवन जिउने आयाम देखायो
कोहि जान्नन साथमा कसैको
मायामोह हो जाल झुक्यायो

कोरोनाले ल्यायो कस्तो विपति
सबमा लुकेको मुखौटा उठायो
प्रकृतिको शक्ति अपार जगमा
सारा संसार यसले झुकायो

कोरोनाको नाममा हेर आज
भ्रष्टाचार र बेईमानी मौलायो
गरिबको गाँस खोसेर यहाँ
ठगि खानेलाई धनि बनायो

कोरोनाले दिएको सन्देश राम्रो
स्वास्थ्य नै धन भन्ने बुझायो
हामी रहे सुन्दर सृष्टि छ
जीवन यो अनमोल सम्झायो

कोरोना हटेर जान्छ अवश्य
मानवतालाई पनि जोगाओ
अहिले कोहि नचाहिए पनि
बाँचे परिवार साथमा रमाओ।

दीक्षा सुवेदी
बिरगंज ,पर्सा

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.