ईम्बोस्ड नम्बर अंग्रेजीमा नभएर नेपालीमा हुनुपर्यो भन्दै सम्पूर्ण झर स्रष्टाहरुद्वारा सञ्चालित एक झर अभियान
(सङ्कलन कर्ता :- दिक्षा सुवेदी)
?झर अभियान-ईम्बोस्ड नम्बर?
आफ्नो भाषा आफ्नै भेष
जगेर्ना नगरे रहन्न शेष ।
✍️ उपमा शर्मा, काठमाडौ
बनमाराले बन खायो
अंग्रेजी भाषा आयो नेपाली हरायो
✍️ केदार नाथ आचार्य,फर्पिङ
कला , धर्म, भाषा, संस्कृति हाम्रो पहिचान,
नेपाली भाषाको संरक्षणमा जुटौँ भन्ने अभियान !
✍️ आर्त अकुलीन, कैलाली
हर पहर
रोएकै छ रोगी सहर।
✍️ गोविन्द खनाल, स्याङ्जा ।
निरक्षरका देशमा इङ्लिसका बाेर्ड
अाफू चढ्ने गाडी नचिनेर भयाे बाेर ।
✍️ सविता के.सी., बझाङ ।
भाष संस्कृतिको संमान गरौं
आफ्नै भाषा व्यवहारमा भरौं
✍️ कमला भण्डारी, इजरायल ।
भाषा र संस्कृतिप्रति प्रहार
मातृभुमिको दुर्व्यवहार ।
✍️ निरू गौतम, मोरङ
भाषा संस्कृति हाम्रो पहिचान,
देश यो स्वाभिमानीको ज्यान ।
✍️ दीक्षा सुवेदी, बिरगंज ।
संस्कारमा जन्मे हुर्के संस्कारमै मर्नुछ
मनमा लागेका कुरा मेरै भाषामा भन्नू छ!
✍️ पशपती राई ,खोटाङ हाल (यु ए इ)
भाषा संस्कृतिको जतन गराै
बुझ्नै गाह्रो कुरामा भ्रम नछराैं
✍️ सीता पाैडेल, बर्दिया
भ्रममा पर्नेले भ्रम कुरा खोज्छ
विचार जस्तो त्यस्तै साथी रोज्छ ।
✍️ जनक भण्डारी bhnl, बुटवल
दुष्ट नजर भाषा मास्ने
आफ्ना त्यागी विदेशी टास्ने ?
✍️ सपना भट्टराई, रुपन्देही ।
आमालाई रुवाउने सन्तान नबन ।
आफ्नो जस्तो मीठो भाषा अरु नठान ।
✍️ समुन्द्रा शर्मा, इटहरी ।
लात हानेर आफ्नै आमा, अर्को नखोज
आफ्नो भाषा संस्कृति त्यागेर अङ्ग्रेजी नरोज ।
✍️ शिव खनाल, स्याङ्जा/ हाल रुपन्देहि