Home » Blog » बाबाको सद्भावनावादी बिचारलाई बिर्सिदै सत्तावादी बिचार धारण गर्दै मधेसी दल…

बाबाको सद्भावनावादी बिचारलाई बिर्सिदै सत्तावादी बिचार धारण गर्दै मधेसी दल…

अंकुश दैनिक
0 comment 8 views

आशुतोष तिवारी
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहम भुमिका निर्वाह गरेका स्व. बाबा रामजनम तिवारीको मधेश र मधेशीको हक अधिकार पुर्ण प्रप्तीको संघहर्षलाई नजर अन्दाज गर्दै वर्तमानका मधेसवादी नेताहरु मात्र सत्ताको माध्यम बनाएका छ्न।

आज स्व. बाबाको २२औं पुण्यतिथीको अवसरमा बाबाको अट्ल ,निर्भिक,इमानदारीताको सिद्धांतलाई सम्झिदा मधेशले उनको मृत्यु पश्चात् एक जिम्मेवार, निस्वार्थ अभिभावकलाई गुमाएको कुरा प्रष्ट नै देखिन्छ। प्रथम मधेशवादी दल तराइ कांग्रेसका महामन्त्री हुँदा देखि नेपाल सद्भावना पार्टीको संस्थापक सम्मको यात्रामा धेरै चोटि राष्ट्रिय सभाका सदस्य एवं मन्त्री बन्ने सम्मको अफरलाई बेवस्ता गर्दै (अधिकार प्रप्ती सत्ता से नहि संघहर्ष से होगा) भन्ने मुल्य र मान्यतामा आफ्नो जिवनलाइ समर्पित गर्ने बाबा कहिले पनि अफ्नो बिचारलाई सम्झौतामा रुपान्तरण गरेन्न, उनकै कति पय राजनीतिक सहयात्री सत्तामा पनि पुगे र कतिपय उनको संघहर्षवादी बिचारधारालाई पनि मन पराएन्न सायद त्यसैले होला कि बाबाको ट्रस्ट माथी ध्यान कैसैलाई पनि छैन।

बिरगंजको घणटघरमा बाबा मुर्तिको रुपमा उभिनु भएको छ तर मुर्ति र पार्कको आवस्था दिन प्रती दिन जिर्ण हुँदै गाइरहेको छ न त संरक्षण गर्न निकाय जिम्मेवार छ न त दिनहु बाबाको नाममा राजनीति गर्न नेताहरु, मधेशवादी दल कै मेयरलाई पटक-पटक ध्यानाकर्षण गराउदा बजेट निकास भइसकेछ छिटै काम अगाडि बढाउछौं भन्दा भन्दै कति महिना, साल बितिसक्दा पनि कुनै काम गरेको देखिदैन।

दिनहु त्यही बाटो भइ ओहोर दोहोर गर्दा पनि सालिक पार्कको आवस्था जिर्ण बन्दै गइरहेको कुरा प्रेदेश २को मधेश सरकार र स्थानिय सरकारले नदेखे झै गर्नु एउटा सच्चा मधेशी पहरेदार संगको बैमानीको हाे। आफ्नो धरोहरलाई संरक्षण गर्न नसक्नेबाट जनताले अपेक्षा राख्नुको कुनै औचित्य रहदैन, यो हाम्रा लागि दुर्भाग्य हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.