Home » Blog » सिपेक परियोजनाको चर्को विरोध

सिपेक परियोजनाको चर्को विरोध

अंकुश दैनिक
0 comment 6 views

यितेन्द्र शर्मा
चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको महत्वकांक्षी परियोजना बीआरआईमा संलग्न कुनै पनि राष्ट्र यसबाट सन्तुष्ट रहेको देखिदैन । बीआरआई अन्तरगतकै एउटा परियोजना पाकिस्तानमा संचालनमा रहेको छ । जसलाई चीन पाकिस्तान आर्थिक करिडोर सिपेक भन्ने गरिन्छ । चीनको सिज्याङदेखि पाकिस्तानको ब्लुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहसम्म जाने यस परियोजनालाई पाकिस्तानले आफ्नो आर्थिक विकासको निम्ति कोसेढुङ्गा ठानेपनि त्यस क्षेत्रका स्थानीय जनता भने यसको चर्को विरोध गर्दै सडकमा उत्रेका छन् । विगत एक साताभन्दा पनि लामो समयदेखि त्यहाँ दिनहुँ सिपेकको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । स्थानीय जनता यस परियोजनाको विरोधमा उत्रिएका छन् । गत महिना स्थानीय भिडको आक्रोशमा परि केही चिनियाँ कर्मचारी र मजदुरले ज्यान समेत गुमाउनु परेको थियो । जसबाट आक्रोशित भएर चीनको सरकारले पाकिस्तानसित ३८ मिलियन अमेरिकी डलरको क्षतिपूतीको माग गरेको छ । आफै विदेशी ऋणमा डुबेको पाकिस्तानले चीनलाई क्षतिपूर्ती प्रदान गनुर्् सम्भव देखिदैन ।
पाकिस्तानको सबैभन्दा ठुलो प्रान्त ब्लुचिस्तानमा आदिबासीहरुको ठुलो बसोबास रहेको छ । स्वभाविक रुपमा नै आदिबासीहरु प्राकृतिक सम्पदासँग गहिरो आकर्षण राख्दछन् र त्यसको अनावश्यक दोहनको विरोध गरिरहेका हुन्छन् । सिपेक अन्तर्गत त्यहाँ तैनाथ चिनियाँ कर्मचारी एवं मजदुरहरु हजारौंको संख्यामा भव्य आवासहरुमा बसोबास गरिरहेका छन् । तिनको सुख सुविधाको ख्याल गरिएको छ र बिजुलीपानीको पर्याप्त व्यवस्था गरिएको छ । जबकि स्थानीय जनता यसबाट बञ्चित छन् । सिपेक परियोजनामा कार्यरत कर्मचारी एवं मजदुरहरुमा स्थानीय ब्लुचहरुको संख्या नगन्य छ । ४० वर्षको निम्ति पाकिस्तानले चीनलाई ग्वादर बन्दरगाह सुम्पेको छ । चीनले ठुलो लगानी गरेर बनाईरहेको त्यस परियोजनाको सुरक्षाको निम्ति ठाउँ–ठाउँमा सुरक्षा जाँच चौकी खडा गरेको छ । यसबाट अनावश्यक चेकजाँचको सामना गर्न परिरहेका कारण स्थानीय जनता आक्रोशित देखिन्छन् । चिनियाँहरुका अपनिवेशिक मानसिकताले काम गरिरहेका छन् भन्ने स्थानीय जनताको आरोप छ । चिनियाहरु तिनीसित दाससरह व्यवहार गरिरहेको आरोप पनि छ ।
सिपेक अन्तर्गत जारी निर्माण कार्यले स्थानीय प्राकृतिक स्रोत एवं साधनको व्यापक दोहन भइरहेको तर त्यसबापत आउने आम्दानी स्थानीय स्तरमा खर्च नभई चीनलाई लाभ पुगिरहेको आरोप पनि लगाइन्छ । सिपेकमा कार्यरत चिनियाँ मजदुरहरु अवैध रुपमा माछाको सिकार गरिरहेका कारण स्थानीय जनताको रोजगार खोसिएको आरोप पनि लागि रहेको छ । ब्लोचहरु एकातिर देशभित्र सिपेकको विरोधमा आन्दोलनमा उत्रेका छन् भने अर्कोतिर इस्लामाबाद शासनको भेदभाव पूर्ण नीतिको देशभित्र र देशबाहिर पनि विरोध गरिरहेका छन् ।
पाकिस्तानको बलोचिस्तानमा आÇनो अधिकारका लागि विगत साढे छ दशक देखि संघर्षरत त्यहाका आदिबासी बलोचहरुको संगठनले आÇनो अभियानलाई देश भित्र मात्रै होइन कि देश बाहिर पनि चलायन थालेका छन । ‘बलोच नेशनल मुभमेन्ट’ द्धारा हालै विश्वका विभिन्न शहरहरुमा प्रदर्शन गरी पाकिस्तानमा तिनिहरुमाथि भईरहेको दमन एवं आत्याचारको विरोधमा सहयोग गर्न र पाकिस्तान सरकार माथि दबाब बनाउन अन्तराष्ट्रिय समुदायको ध्यान आफूतिर आकािषर््त गर्न अभियान चलाइएको छ । बलोच राष्ट्रिय आन्दोलनका कार्यकर्ताहरु निरन्तर रुपमा यस आन्दोलनलाई संचालन गर्दे आएका छन् ।
बलोच नेशनल मुभमेन्टका केन्द्रीय प्रबक्ताद्धारा जारी गरिएको एक विज्ञप्तिमा पाकिस्तानको ब्लुचिस्तान पा्रन्तमा भइरहेको दमन उत्पीडन तथा कथित नरसहारको विरुद्धमा र आÇनो आन्दोलनको समर्थनमा ऐक्यवद्धता जनाउन विश्व भरिनै अभियान चलाइने जानकारी गराएका छन् । यस सत्ता जर्मनीको बेल्फिल्ड सिटी, नेदरल्यान्डको राजधानी एम्सटर्डम र दक्षिण कोरियाको बुसान शहरमा बलोच नेशनल मुभमेन्टका कार्यकर्ताहरुले आÇनो हातमा प्लेकार्ड, ब्यानर तथा मारिएका एवं बेपत्ता परिएका आÇना कार्यकर्ताहरुको फोटोसहित पाकिस्तानका शासकद्धारा बलोच जनता माथि भइरहेको दमन को विरुद्धमा प्रदर्शन गरेका छन ।
ए.एन.आई. समाचार अनुसार जर्मनीको एम्सटर्डममा आयोजित विरोध प्रदर्शनमा वेपत्ता पारिएका १० वर्षिय बालिका सनम जमिल, उनका ६ वर्षिय भाई गाजी जमिल र तिनका परिवारका अन्य सदस्याहरुको अवस्था समेत अज्ञात रहेकोले पाकिस्तान सरकारमाथि दवाव बनाउन अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गराउने काम प्रदर्शन मार्फत भईरहेको छ । मानवअधिकारवादी कार्यकर्ता रफाल लगायतकाहरुको उपस्थिति रहेको सो प्रदर्शनमा राम्रै सहभागिता रहेको थियो। केही अघि मात्रै बलुचिस्तान प्रान्तको टरबट जिल्लामा पनि दुई निर्दोष नागरिक सुरक्षाकर्मीद्धारा मरिएका थिए । बलोच नेशनल मुभमेन्टका कार्यकर्ताहरु आÇनो अधिकारको निम्त आन्दोल गर्दे आएका छन ।बि.एन.एम.को जर्मनी शाखाका भुतपूर्व महासचिव नदीम सलिमका अनुसार बलोचिस्तानस्वतन्त्रताका पक्षधरहरुमाथि दमन र उत्पीडन जारी रहेको तथा शासन प्रशासनले पनि उल्टै निर्दोष नागरिक माथि नै मुद्दा लगाउने गरिएको आरोप लगाएका छन । उनलेताज बिवीको हत्या मामलिालाई पनि दवाउने प्रयास भइरहेको आरोप लगाएका कुरा ए.एन.आई समाचारमा उल्लेख छ । नदीम सलिमका अनुसार पाकिस्तानल ब्लुचिस्तानमा दमन र उत्पीडनको नया–नया इतिहास रचिदै शहिद परिवारका सदस्यालाई र सर्वसाधारणलाई समेत विरोध प्रदर्शनमा भाग लिनवाट रोक्न थरि थरिका दबाब र धम्की दिने काम भईरहेको छ । ब्लोचमा बुद्धिजिवी माथि मानसिक दबाब दिने एवं त्रसित बनाउने काम भइरहेको उनको आरोप छ ।
बलोच नेशनल मुभमेन्टका एकाई सचिव जब्बार ब्लोचले त विश्वको कुनै पनि कुनामा हुने गरेको आतंकारी क्रियाकलापको सम्बन्ध अन्ततः पाकिस्तानसितनै सम्बन्धित हुने गरेको आरोप लगाउदै कतै आतंकवादलाई समर्थन गर्ने राज्यकै नीति त होइन भन्ने आरोप लगाएका छन् । ए.एन.हाई अगडि लेख्दछ, बि.एन.एच.का सदस्य बादल ब्लोचले त पाकिस्तानको ब्लुचिस्तानमा आन्दोलनकारीहरु मथि घोर दमन नै भईरहेकोले यस माथि रोक लगाउन पाकिस्तान सरकार माथि दबाब सृजना गर्न अन्तराष्ट्रिय समुदायकाको ध्यान आकृष्ट गराउने प्रयास गरेका छन । ब्लुचिखानमा महिला, बाल–बालिका र ज्येष्ठ नागरिकसित पनि दूव्र्यवहार, दमन र उत्पीडनको घटना भइरहेकोले त्यहा मानवधिकार उल्लंधनको घटनामाथि तत्काल रोक लगाउन विश्वका सभ्य समाजको ध्यान आकृष्ट गराउनुआÇनो कर्तव्य भएको भन्दै उन्ले यसमा विश्व समुदायले पक्कै पनि यस विषय तिर आÇनो ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका छन । जर्मनीको विरोधमा प्रदर्शनलाई बि.एम.एस.का जर्मनी शाखाका सदस्यहरु शहर हसन ब्लोच, माजिद ब्लोच र अब्दुल हमीद लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए । विरोध प्रदर्शनका दौरान जर्मनी र अंग्रेजी भाषमा लेखिएका पर्चाहरुमा होसाब घटना र वासुलमा भएका अपहरण र हत्याका घटनाहरु बारे उल्लेख गरिएको थियो ।
त्यसैगरी बि.एन.एस.का कार्यकर्ताहरुको नेदरल्याण्डको राजधानी एम्सटर्डममा पनि प्लेकार्ड, ब्यानर र बेपत्ता पारिएका एवं मारिएको नागरिकहरुको तस्वीरलाई लिएर प्रदर्शन गर्दे आÇनो न्यायाचित आन्दोलको पक्षमा ऐक्यदधता जगाउन सवैसित आग्रह गरे । उक्त विरोध प्रदर्शालाई सम्बोधन गर्दे बि.एन.एम.का नेदरल्याण्ड प्रमूख किया ब्लोचले आफूहरु विगत सात दशक देखि ब्लुचिएसमा क्रुरता, अत्याचर र दमनको समाचार सुन्दै आएको भन्दै विश्व समुदाय त्यहाको घटनाप्रति मूकदर्शक भएर बसिरहनु उचित नहुने भन्दै मानवाधिकारकर्मिहरुसित आÇनो आन्दोलनमा सहयोगको निम्ति आग्रह गरे । उनले बिगतका दिनमा पाकिस्तानले बंगालीहरुलाई व्यवहार गरे जस्तै नै अहिले आफुहरुसित पनि गरिहेको आरेप लगाएका छन । शाकिर व्लोचले पनि यस्तै आशयका सम्बोधन गरे । शाकिर ब्लोचले त निकै भाभुक भएर आÇना पिडा पोख्दै के ब्लोचहरुलाई यस संसरमा बाच्न पाउनेअधिकार नै छैन ? बलोचहरुको मानव अधिकार उल्लंघनको कुनै अर्थ छैन ? भन्दौ उनले पाकिस्तान सरकार माथि दबाब सृजना गरी त्यहा भइरहेको दमनका श्रृखलाई अन्तय गर्न गर्न विश्व समुदाय सित आग्रह गरेका छन ।
ईस्लामिक राष्ट्र पाकिस्तान धर्मको आधारमा भारतबाट बिभाजित भएर स्वतन्त्र अस्तित्वमा आएको करिब साढे सात दशक भैसकेको छ तर भाषा विबादका कारण पाँच दशक अघिनै यस्को एयटा विभाजन भईसकेको हो भने अहिले पनि बलोचिस्तान, सिन्ध , पखतुन र पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा पनि असन्तुष्टिीका स्वरहरु सुनिन्छन तर बलोचहरुको गुणसो निकै पुरानो रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.