Home » Blog » साउनमा कस्तो खाना स्वास्थ्यका लागि फाइदाजनक?

साउनमा कस्तो खाना स्वास्थ्यका लागि फाइदाजनक?

Ankushdaily
0 comment 50 views

– सेफ जावेद अहमद

✍️ – सेफ जावेद अहमद
साउन महिनालाई हिन्दू संस्कृतिमा “हरियो” र “शाकाहारी” महिनाको रूपमा चिनिन्छ । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्रै होइन, वैज्ञानिक कारणले पनि यो महिनामा शाकाहारी भोजनलाई प्राथमिकता दिइन्छ । विशेषतः यस समयमा माछा–मासु तथा अन्य मासुजन्य परिकार खान नहुने चलन रहेको छ, जसको पछाडि धेरै महत्वपूर्ण तर्कहरू छन् ।
किन खानु हुँदैन माछा–मासु?
साउन महिनामा गर्मी अत्यधिक हुने भएकाले मासुजन्य परिकार चाँडै कुहिने सम्भावना हुन्छ । यस्ता परिकारमा सजिलै जीवाणु फैलन सक्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । साथै, जलचर जीवहरूको प्रजननको समय पनि यही महिना हो । यस्तो समयमा माछा मार्ने र खाने हो भने उत्पादन चक्रमा असर पर्न जान्छ, जसका कारण केही प्रजाति लोप हुने जोखिम पनि हुन्छ । हाम्रो समाजमा पनि प्रजनन अवधिमा जीवजन्तु नखाने धार्मिक मान्यता रहिआएको छ ।
शाकाहारी भोजनको महत्त्व
शाकाहारी भोजन स्वास्थ्यका लागि लाभदायक मात्र होइन, मन र मस्तिष्कलाई पनि शान्त राख्ने मानिन्छ । ‘माछा–मासु खाए मात्र बलियो र बुद्धिमान् भइन्छ’ भन्ने धारणा सर्वथा गलत हो । हाम्रो जीवनमा तीन प्रकारका भोजनमध्ये सात्विक भोजन — जसमा शुद्ध, हल्का, पच्न सजिलो र पोषक तत्वयुक्त परिकारहरू पर्छन् — उत्तम मानिन्छ ।
सन्तुलित भोजनका तीन समूह
स्वास्थ्यकर भोजनको लागि हाम्रो भोजनलाई तीन समूहमा बाँड्न सकिन्छ:
१. पहिलो समूह: कार्बोहाइड्रेट स्रोत
– चामल, गहुँ, मकै, जौ, फापर, कोदो
– जमिनमुनी फल्ने तरकारी: आलु, तरुल, पिडालु, कन्दमूल
२. दोस्रो समूह: प्रोटिन र भिटामिनयुक्त परिकार
– सिमी, भटमास, मसुरको दाल, सानो केराउ, अन्य गेडागुडी
– दुध र दुधजन्य पदार्थ (दही, चीज, घ्यू आदि)
३. तेस्रो समूह: भिटामिन र खनिज तत्वका स्रोत
– विभिन्न तरकारी, सागपात
– फलफूल (केरा, स्याउ, अम्बा, कागती आदि)
यस्ता परिकारहरू मिलाएर हरेक भोजनमा ती तीनवटै समूहको समावेश गरिएमा पूर्णरूपमा सन्तुलित आहार तयार हुन्छ ।
विशेष सिफारिस:
साउन महिनामा खीर, दही, लस्सी, सागपात, मौसमी फलफूल, गेडागुडीका परिकार, बदाम, काजु, ओखर जस्ता पदार्थहरू सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले लाभदायक मानिन्छ ।
तरकारी पकाउँदा अत्यधिक नरम हुने गरी पकाउनु हुदैन, यसले पोषकतत्व नष्ट हुन सक्छ ।
साउन महिना शुद्ध र शाकाहारी भोजनमार्फत शरीर शुद्ध गर्ने, सात्विक जीवनशैली अंगाल्ने उत्तम समय हो । तसर्थ, सन्तुलित र पोषक तत्वयुक्त शाकाहारी भोजन ग्रहण गरौँ, स्वस्थ रहौँ ।
 नोट: सन्तुलित भोजन ग्रहण गरौँ, दीर्घकालीन रोगबाट बचौँ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.