Home » Blog » अब तो सुधर जा !

अब तो सुधर जा !

Ankushdaily
0 comment 20 views

(स्तम्भकार कुमार रुपाखेती)

पटक–पटक नियम मिचेर संसद भंग गरेका के.पि ओली अहिले संसद पुनर्बहालीको सुगा रटाइ गरेको देख्दा हाँसो उठ्न थालेको छ। एकताका प्रधानमन्त्रीबाट बलात हटाउँदा प्रचण्ड जसरी हतोत्साहित भएका थिए, अहिले ओलीको अवस्था पनि त्यस्तैछ । स्थिति त कतिसम्म नाजुक छ भने ओली प्रचण्डहरु लावालस्कर सहित पार्टी केन्द्रीय कार्यालयसम्म झल्याक झुलुक पुग्ने अंटशंट बक्ने र सुरक्षित सेल्टरमा फर्किने गरेका छन्। बाहिरी समाज र दुनियाँसँग यिन्को सम्पर्क टाढिएको छ।
आगामी महाधिवेशनमा सभापति पदमा नलड्ने भन्दै देउवाले पल्लु झारी सके तर ओली अझै कम्मर कसेर अध्यक्ष पदमा आसिन हुन चाहन्छन्। त्यसैले पार्टी कार्यालयको अँध्यारो कोठामा बसेर जेनजी आन्दोलनको मानमर्दन गर्ने, फागुन २१ गतेको निर्वाचन विथोल्न खोज्ने खालको अभिव्यक्ति दिँदै वर्तमान प्रधानमन्त्रीको समेत आलोचना गर्दै दिन काटेको देखिन्छ। यस्तै बचकाना हर्कतले, ख्याल ख्यालमै ताजविहिन भएको ओलीलाई हेक्का नै छैन। सदाबहार भाषणबाजी गर्दै अझै पनि ओली र प्रचण्ड एक अर्कालाई निचा दिखाउन प्रयत्नशील बुझिन्छन्। आगामी निर्वाचनमा भाग लिन अधिकांश एमाले नेता इच्छुक देखिएपछि ओलीले पेलाहा नीति लिदै निर्वाचनमा भाग नलिने रणनीति बनाएका छन्। यदि एमालेले ओलीको लहलहैमा लागेर निर्वाचन बहिष्कार गरे अधिकांश नेता, कार्यकर्ताहरू एमाले त्याग्ने र अन्य पार्टीबाट चुनाव लड्ने सम्भावना बढ्दै गएको छ। तर ओली मदमस्त चालमा पार्टीभन्दा आफ्नो हितलाई महत्व दिँदै आएको अझै आभास भैरहेको छ। प्रजातन्त्रमा, लोकतन्त्रमा निर्वाचनलाई जीवित राख्नु अनिवार्य ठानिन्छ। पूर्व राजा ज्ञानेन्द्र सत्ताबाट जति टाढा छन्, अब ओली सत्तामा आउन ज्ञानेन्द्रभन्दा बढी पापड बेल्नु पर्ने देखिन्छ। “ना नौ मन तोरी होई, ना राधा नाचि।”
एमाले जस्तो अग्रणी, ठूलो र संगठित दलमा ओलीले अझैसम्म पार्टीलाई बगलिमा राखेर हिँडेको देख्दा, एमालेलाई जनताको पार्टी भन्न लाज लाग्छ। एमाले अब ओलीको पार्टी बनेको छ। ओलीको पार्टी कताकता ठक्कर खाएर छिया छिया, छियाबिया होला कि भन्ने डर समेत त्यागी कार्यकर्तामा देखिन्छ। तर “हम नहि सुधरेंगे” प्रकृतिका ओलीको कानमा बतास लागेको छैन। ओलीको आन्दोलनको धम्की पनि “हाति आयो, हाति आयो” फुस्सा मात्रै हो। जनताको नेता हो भनी ओली पार्टीको कार्यालयको कोठामा सिमित नभएर जनताको माझ आउनु पनि पर्‍यो। ओलीको अवस्था त कर्फ्यु र संकटकाल, कोरोनाकालमा घरमा लुके, छिपेर बसे जस्तै देखिन्छ।
सबैले समय अनुसार चल्नु पर्छ, बुढाहरूसँग मुलुक चल्दैन भन्ने सन्देश जेनजी आन्दोलनले दिँदा समेत “पंचके बात मानेम लेकिन खुट्टा इहे गड़ी” भन्ने उरन्ठेउलो गँवार जस्तै देखिन्छ। बालहठ र वृद्धहठले बिचारा एमाले सति नै जाने हो कि क्या हो।
अब तो सुधर जा ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.