Home » Blog » टोले दादा कि जनप्रतिनिधि

टोले दादा कि जनप्रतिनिधि

Ankushdaily
0 comment 63 views
(स्तम्भकार कुमार रुपाखेती) 
वडा नं. ५ का वडा अध्यक्षको चर्तिकलाले यो वडा महानगरभरि बदनाम भएको छ । वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया कहिले घर डेरा ढुकेर महिला कुट्छन्, कहिले नगरप्रहरीको जत्था ल्याएर क्लबको ताला तोड्छन्। अक्सर वडा कार्यालयमा जग्गा दलालहरूको जमघट गराउँछन्, कहिले वडा कार्यालय अगाडिको श्रीवास्तव मैडमको बच्चाहरूको बोर्डिङ बन्द गराउछन् । अहिले टोलका टोले गुण्डा प्रवृत्तिहरूलाई अघिपछि लगाएर अरूको घरमा हातपात र महिलामाथि बहादुरी देखाउँछन्। 
टोलमा रहेको एक मात्र सरकारी स्कुल हत्याउन वडा समिति नै दादागिरी पारामा स्कुलमा सारेका छन् । स्कुलमा समेत बिना अधिकार हैकम चलाउन खोज्छन् । जनप्रतिनिधिले विरलै यस्तो टोले गुण्डा शैलीको हर्कत गर्छन् । टोलका अपराधी प्रकृतिका मान्छेहरूलाई समेत अध्यक्षले पालपोषण गरिरहेका छन् । यसरी आफूमा सुधार गर्नुको सट्टा दिनप्रतिदिन बौलाहा प्रदर्शन गर्ने वडा अध्यक्षलाई न मेयरले न स्थानीय प्रशासनले नै कारबाही गरेको देखिन्छ । त्यसैले वडाका चेतनशील युवाहरूको वडा नं. ५ को वडा कार्यालयमा तालाबन्दी गर्ने र वडा अध्यक्षको राजीनामा माग गर्ने तरखरमा छन्  । यस्ता कुकर्म गर्ने वडा अध्यक्षलाई कतै कहीँबाट डण्डसजाय कारबाही नभए पछि वडावासीहरूले नै यिनलाई तह लगाउने देखिन्छ । त्यसर्थ सरोकारवालाहरूले प्रदीप चौरसियाको गलत हर्कतमा नियन्त्रण नगर्ने हो भने वडा अध्यक्ष भर्सेस जनता नराम्रो लफडा हुने संकेत देखिएको छ । कतिपयले त उनले साँझमा रमझम गर्ने भट्टीमा पुगेर समेत उनको दरुवई झार्ने चक्करमा छन् । कि चौरसिया सुध्रिन पर्‍यो अन्यथा सधै वडा बदनाम गर्न पाइँदैन भन्ने आवाज जायज छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.