Home » Blog » अमेरिकाद्वारा इण्डो प्यासिफिक क्षेत्रमा बृहत सहकार्यको आहवान

अमेरिकाद्वारा इण्डो प्यासिफिक क्षेत्रमा बृहत सहकार्यको आहवान

अंकुश दैनिक
0 comment 8 views
यितेन्द्र शर्मा
संयुक्त राज्य अमेरिकाले इण्डो–प्यासिफिक क्षेत्रमा चीनले सृजना गरेको खतरालाई काउण्टर गर्नको निम्ति बृहत सहकार्यको लागि समर्थक राष्ट्रहरुलाई आहवान गरेको छ । अमेरिकाले इण्डो–प्यासिफिक क्षेत्रको शान्ति र स्थिरतालाई नै चीनले प्रभावित पार्न लागेको जनाउंदै त्यस विरुद्ध एकजुट हुन आह्वान गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति निकाली यो आह्वान गरेको हो । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले मार्चमा गरेको ग्लोबल पोस्चररिभ्यूपछि इण्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ खतरा बढेको निस्कर्ष निकालेपछि उक्त बिज्ञप्ति जारी गरिएको हो ।
रक्षामन्त्री अस्टिनको समिक्षाको निस्कर्षमा समर्थक तथा साझेदार राष्ट्रहरु बिचको सहकार्यलाई थप बढाउंदै लैजानुपर्ने र क्षेत्रीय शान्तिलाई कायम राख्न चिनियाँ सैन्य आक्रोशका गतिविधीहरु नियन्त्रण गर्नुपर्ने समेत बताएका हुन् । त्यसैगरी यस क्षेत्रमा उत्तर कोरियाले पनि खतरा सृजना गर्न सक्ने निस्कर्ष उल्लेख गरिएको छ । अमेरिकाले यस क्षेत्रमा बृहत क्षेत्रीय सैन्य साझेदारी, पूर्वाधारको विकास तथा प्यासिफिक टापुमा हवाई निरिक्षणलाई बृद्धि गर्नुपर्ने अमेरिकाले जनाएको छ । उक्त समिक्षामा रक्षामन्त्री लोयड अस्टिनले उत्तर कोरियाका गतिविधीहरुलाई पनि निगरानीमा राख्नुपर्ने उल्लेख गरिएको छ । अमेरिकाले सैन्य बेसहरुलाई आधुनिकीकरण गर्नुपर्ने र पश्चिम प्यासिफिकमा चिनिया गतिविधिहरुलाई पूर्ण नियन्त्रण गर्नका लागि आवश्यक पाईला चाल्नुपर्ने समेत समिक्षामा उल्लेख गरिएको छ । अमेरिकाले ताईवानको बिषयमा पनि गहिरो चिन्ता व्यक्त गरेको छ । खास गरिकन त्यस क्षेत्रमा चीनले आफ्नो सैन्य अभियानलाई आधुनिकीकरणको काम गर्न थालेको छ । त्यतिमात्रै होईन अमेरिकाले चिनियाँ टेनिस खेलाडी पेग सुबाई माथि भएको यौन उत्पिडनको बिषयमा पनि गहिरो चिन्ता व्यक्त गरेको, एएनआई समाचारमा उल्लेख छ ।
हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो मनपरिलाई रोक्न अमेरिकाले भारतको सहयोगलाई बढी महत्वपूर्ण ठानेको छ । चीनको बिस्तारवादी मानसिकताको विरुद्धमा यसका छिमेकी देशहरु देखिएपनि खुलेर लाग्न सक्ने अवस्थामा कोहि छैन तर हिन्दप्रशान्त क्षेत्रमा भारत–अमेरिका सहकार्यले यसमा ठुलो अवरोध गरेको छ । फलस्वरुप चीन आक्रोशित देखिन्छ ।
चिनको प्रत्येक त्यस्तो गतिविधि जो मानाव अधिकारको उल्लंघन गर्दछ र मानवताको दृष्टिकोणले पनि जायज छैन । त्यसको बिरुद्धमा अमेरिका लगायत पश्चिमेली देशहरु खुलेर समर्थनमा उभिएको छ । चाहे मामिला शिनज्याङको होस अथवा ताईवान र हङकङको,
संयुक्त राज्य अमेरिकाले इण्डो प्यासिफिक क्षेत्रमा चीन र उत्तर कोरियाको मनपरिको विरुद्धमा नै सहकार्यको आह्वान गरेको छ । केहि अघि मात्रै बेलायतको चीन टाउनमा हङकङका प्रदर्शनकारीहरुमाथि गरिएको आक्रमणको निष्पक्ष छानबिनका लागि आदेश दिन हङकङका पूर्व सांसदहरुले बेलायत सरकारसित आग्रह गरेका छन । उनले उक्त आन्दोलनका क्रममा भएको आक्रमणमा बिदेश घुसपैठ रहेको हुनसक्ने आशंका व्यक्त गर्दै त्यस बिरुद्धको पाईला चाल्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरेका छन् । रेडियो प्रि एशियाका अनुसार सांसदहरुले ती आक्रमणकारीहरुलाई चीनियाँ कम्युनिष्ट पार्टीसंग सम्बन्ध भएको उल्लेख गर्दै उनिहरुलाई कारवाही गर्न माग गरेका छन । आक्रमणकारीहरुलाई पिडितले बेईजिङ समर्थक मानिरहेका छन ।
लन्डनमा भएको बिरोध प्रदर्शनको क्रममा चीनको प्रचार अभियानको विरोध गर्ने हङकङ वासीहरुमाथि आक्रमण गरिएको थियो । बेईजिङ समर्थकहरुको भीडले हङकङ वासीहरुमाथि क्रुरतापूर्वक आक्रमण गरेको आरोप पिडितहरुको रहेको छ । चाईनाटाउनमा उनिहरुको प्रचार अभियानको प्रतिरोध गरेका आन्दोलनकारीहरुमाथि भएको अनुमान निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्ने तिनको माग छ । हङकङमा प्रजातन्त्र समर्थक सांसद नाथनलले एउटा ट्वीट मार्फत लोकतन्त्र र स्वतन्त्रताको माग गर्नेहरुलाई मौन बनाउनका लागि तथा लोकतान्त्रिक परम्परालाई खतरा पार्ने प्रयास अनुसार उक्त आक्रमण गरिएको आरोप लगाएका छन् ।
सांसद नाथनलले बेलायती अधिकारीहरुलाई हङकङका प्रदर्शनकारीहरुमाथि आक्रमण गर्नेलाई सजाय दिन आग्रह गरेका छन् । घटनास्थलमा एक दर्जन भन्दा बढी व्यक्तिले हङकङका प्रदर्शनकारीहरुलाई अचानक आक्रमण गरेपछि यो टिप्पणी आएको फ्रिएशियाले जनाएको हो । झडपपछि धेरै हङकङ प्रदर्शनकारीहरुलाई उपचारको लागि अस्पताल पठाईएको थियो । आक्रमणमा संलग्नहरु मध्ये एक जनालाई पक्राउ गरिएको “द लन्डन न्यूजले” जनाएको छ । सन् १९९७ मा बेलायतले हङकङलाई केहि शर्तहरु सहित चीनलाई सुम्पेको थियो । तर भर्सक चीनले ति शर्तहरुको पालना नगरिरहेको कारण हङकङवासीहरु निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै अएका छन् । अमेरिकाद्धारा इण्डो प्यासिफिक क्षेत्रमा वृहत सहकार्यको आह्वान गर्नुको अर्थ प्रशान्त र हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो एकाधिकारलाई र मनपरिलाई रोक्नु हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.