यितेन्द्र शर्मा
चीनमा कारोना महामारीको संक्रमण फैलिएपछि जीवन जोगाउन स्वदेश फर्केका नेपाली विद्यार्थीहरुलाई चीनले फेरि प्रवेश गर्न नदिँदा करिब पाँच सय नेपाली विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । नेपालमा इन्टर्नशीप गर्न नपाएका उनीहरुलाई चीनले प्रवेश नदिँदा उनीहरुको एमविविएसको पढाई अपुरो भएको छ ।
नेपाल मेडिकल काउन्सिलले एमबिबिएसका विद्यार्थीले इन्टर्नशिप गरेपछि मात्र चिकित्सको लाईसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कोभीड महामारीको समयमा नेपाल आएका विद्यार्थीलाई पूनः विश्वविद्यालय फर्कने वातावरण चीन सरकारले नबनाउँदा समस्या बढ्दै गएको विद्यार्थी र सम्बद्ध निकायका अधिकारीहरु बताउँछन् ।
विश्वविद्यालयबाट बिदा भएका बेला नेपाल आएका उनीहरुले कोर्स पुरा गरेको १८ महिना भईसके पनि इन्टर्नशिप गरेर डाक्टरको प्रमाण पत्र लिन पाएका छैनन् । शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काउन्सिलका पदाधिकारीले भने सन् २०१४ मा विद्यार्थीले कोर्स पुरा गरेपनि २०१५ र २०१६ का विद्यार्थीको कोर्स पुरा हुन बाँकी रहेको बताएका छन् । अहिले १ सय ३६ जना मात्रै सम्पर्कमा आए पनि दुई व्याचका गरी ३ सय हाराहारीमा विद्यार्थी थप हुन सक्ने अनुमान गरिएको छ । यी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा एमविविएस अध्ययनरत थिए ।
यस अघि, २०१४ का विद्यार्थी पनि इन्टर्नशिप पुरा नगरी नेपाल फर्केका थिए । उनीहरुको समस्या समाधान नहुँदै २०१५ र २०१६ व्याचका करिब ३ सय विद्यार्थी नेपाल फर्केर अलपत्र छन् । २०१४ का विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमा नै इन्टर्नशिप गर्ने व्यवस्था मिलाउने भए पनि त्यसताका विद्यार्थीको पढाई अनिश्चित छ । २०१५ र २०१६ का विद्यार्थीले पनि नेपालमा नै इन्टर्नशिप पुरा गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । यी व्याचका १ सय ३६ विद्यार्थीले प्रधानमन्त्री कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा बाँकी रहेको पढाई नेपालमै पुरा गर्ने व्यवस्था मिलाउनु ज्ञापनपत्र बुझाई सकेका छन् ।
आर्थिक रुपले सम्पन्न नेपाली विद्यार्थीहरु स्वदेश तथा विदेशमा महंगो शुल्क तिरेर पनि एम.बि.बि.एस. को पढाई गर्न सफल भईरहेका छन । बढी जेहेन्दार विद्यार्थीहरु छात्रबृत्ति प्राप्त गरेर देशभित्र पनि यो शिक्षा हासिल गरिरहेका छन । तर मध्यम वर्गिय एवं निम्न मध्यम वर्गिय परिवारका विद्यार्थीहरुको एम.बि.बि.एस. डाक्टर बनने सपना चीनबाट पढेर नै पूरा हुदै आएको छ । नेपाल, पाकिस्तान , बंग्लादेश र अन्य देशहरुको तुलनामा चीनमा पढाईको खर्च अपेक्षाकृत कम आउने गरेका कारण नेपाली विद्यार्थीहरु चीनमा एम.बि.बि.एस. को पढाई गर्न व्यग्र रहन्छन। उत्तरी छिमेकी चीनले नेपाली छात्रहरुको जायज चिन्तामाथि तत्काल ध्यान दिनु पर्दछ । नेपाल सरकार पनि आफ्नो तर्फवाट यस समस्याको समाधान गर्न हरसम्भव प्रयास गर्नुपर्दछ ।
चीनीया विश्वविद्यालयमा बिदा भएका कारण नेपाली विद्यार्थीहरु घर आएका थिए । त्यसपछि चीन सरकारले कोभिड–१९ का कारण लकडाउन घोषण ग¥यो । विश्वविधालयहरुले चाडै बोलाउने छौ भन्ने आश्वासन पनि दिदै रहेयो । लगतै नेपालमा पनि कोभिडको संव्रmमण बढदै गयो । कोर्स पुरा गरेको १८ महिना बितिसक्दा पनि इन्टरसिप गरेका डाक्टरको प्रमाण पत्र लिन नसकेको विद्याथीहरुको भविष्य अन्धकारमै हुने संम्भाना बढदै गएको छ । कोभिड–१९ को महामारी फैलिएसंगै चीनमा आफूलाई असुरक्षित ठानीरहेका नेपाली विद्यार्थीहरु तत्कालिन परिस्थितिमा कारण नेपाल फर्किएका थिए तर चीनमा कोभिड–१९ को संव्रmमण नहटेपछि नेपाली छात्राहरु त्यहाँ आफनो विहवविधालयमा पढन खोज्दा चीन सरकारले अनुमति प्रदान नगरेको कारण चीनमा अध्यनरत नेपाली छात्रहरुको गत चैत्र महिनामा विरोध प्रदर्शन पनि गरेका थिए । कोभिड–१९ को संव्रmमण चीनकै वुहान शहरवाट फैलिएको आम धारनाका कारण नेपालमा नै होइन विश्वमा अन्य देशहरुले पनि चीनमा अध्यनरत आफ्ना सन्तानलाई स्वदेश फिर्ता बोलाएका थिए । उनीहरु आफू अध्यनरत चिनिया विश्वविद्यालय मार्फत नै आफ्नो अधुरो कोर्स पूरागर्न चाहिरहेका हुन तर चिनको सरकार तथा त्याहाको विश्वविद्यालयले यसको निम्ति अनुमति प्रदान गरिरहेको छैन । यहासम्म की तिनको चीन प्रवेशमाथि रोक लगाएदिएको अवस्था छ । नेपाली विदार्थीलाई कि त चीन गएर बाकी कोर्स पूरा गर्ने अनुमति दिईयोस होइन भने तिनीहरुलाई नेपाल सरकारको नियम, कानुन र स्थापित मान्यता अनुसार वाकी कोर्स (इन्टरन्सिप) नेपालमा गर्न दिने मांग नेपालको परराष्ट्र शिक्षा , स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोग सित गरिरहेका छन ।
चिकित्सा शिक्षा आयोगले २०१४ व्याचका १ साय ९५ डाक्टरहरुलाई नेपालमा नै इन्टर्नसिप गराउन मेडिकल काउन्सिल सित सिफरिस गरेको छ तर त्यही व्याचका २८ जना २०१५÷२०१६ व्याचका ३ सय जना विद्यार्थीको भविष्यबारे निर्णय हुन सकेको छैन । विद्यार्थीहरु आफुहरु नेपाल फर्केपनि अनलाइन मार्फत सैधान्तिक कोर्स पूरा गरेको दावी गरिरहेका छन् । कोरोना बढेपछि चीन सरकारले आ–आफ्नो देश फर्कन आदेश दियो, हामी पनी नेपाल आयाँै अझ अहिले आएर चीन सरकारले मिले सम्म आफनै देशमा इन्टर्नसिप पुरा गर्न भनेको छ । चीनले आवत जावत खुला नगरेका कारण पनि अध्ययनको लागी फिर्ता जान नसकेको नेपाली विद्यार्थीको गुनासो रहेको छ ।
मेडिकल काउन्सिलका अनुसार सन २०१४, २०१५ र २०१६ मा वर्सेनि ८ सय को हाराहारीमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि चीन गएका थिए । उनीहरुले टयुसन शुल्कबापत करिब ३० लाख रुपैया तिरेका छन् । वि.सं. २०७५ साल देखि लागुभएको चिकित्सा शिक्षा ऐनले विदेशमा चिकित्सा शिक्षा अध्ययनको लागि पनि एकीकृत प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने अनिवार्य गरेपछि चीन जाने विद्यार्थीको संख्यामा कमी आएको छ । नेपालको चिकित्सा आयोग र मेडिकल काउिन्सलका पदाधिकारीहरु पनि दुई देशबीच सरकारी स्तर बाट नै छलफल गरेर विद्यार्थीहरुले अध्ययन गरेको विश्वविधालयवाटै पढाई पूरा गर्नु व्यवस्था मिलाउनुपर्ने भनिरहेका छन् । यस्तो अवस्थामा आखिर निर्दोष दिद्यार्थीहरुको भविष्य अन्योलमा पार्ने निस्चित छ । एकातिर चीन का विश्वविद्यालयहरुले आफ्नो देशमा पढनको निम्ति न बोलाउनु र अर्कोतिर नेपालमा पनि वाकि पढाईको सुविद्या को व्यवस्था नहुने भए पछि ति विद्यार्थीहरुको मानसिकतामा पनि नकारत्मक प्रभाव पर्न सक्दछ ।
एम.बि.बि.एस.को अन्तिम वर्षको पढाईमा इन्टर्नसिप हुने गर्दछ । २०१४ व्यचका विद्याथीहरुको ३ महिना देखि एक वर्ष इन्टर्नसिप वाँकि थियो यी विद्यार्थीहरुको समस्या समाधान भै सकेको छ । २०१५ र २०१६ व्याचका का विद्यार्थीले भने पूरा एक वर्ष नै इन्टर्नसिप गर्नुपर्दछ । सन २०१४ ज्याचका १९३ जना विद्यार्थी मध्ये २८ जना सित कागजातको अभाव थियो । २०१५ र २०१६ व्याचका विद्यार्थीहरु पनि नेपालमै इन्र्टसिप गर्ने माग गरिरेका छन तर नेपाल सरकारले भने चीन संग समन्वयन गरी यी विद्यार्थीलाईत्यतै पठाउने पहल गर्ने संभावना रहेकोछ, किनभने विदेशमा पढाइ गर्न गएकोहरुलाई पढाई पूरा नगरी यही अवसर दिदा भविष्यमा तिनको पेशामा समेत समस्या आउन सक्ने ठहर चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरुको रहेको छ । सान २०२० को अप्रीलमा अन्तयमा अन्तिम परीक्षा उत्तिर्ण गरी सम्वन्धित विश्वविधालयमा इन्टर्नसिप गर्ने अवस्था नभएका विद्यार्थी संग आयोगले आवेदन मांग गरेको थियो तर यसलाई निरन्तरता दिने पक्षमा भने मेडिकल काउन्सिल रहेको छैन ।
चीनको विश्वविद्यालयमा अध्ययन गरेका कतिपय यस्ता विद्यार्थीहरु छन जो जबसम्म इन्टर्नसिप पूरा गर्ने छैनन् तब सम्म इजाजत पत्र पाउनसक्ने छैनन। यसको अभावमा बिरामीको उपचार पनि गर्न पाउने छैनन, जागिर त टााढाको कुरा हो । सन् २०१५ पछि चीनमा पढन गएका विद्यार्थीहरुको भविष्यमाथि झन ठूलो खतरा उत्पन्न हुनेछ । चीनिया सरकारले या त उसको विश्वविद्यलयमा पढने नेपाली विद्यार्थीहरुलाई पूनः चीनमै पढने अवसर प्रदान गर्नुपर्दछ अथवा नेपालमै इन्टर्नसिप गरेकाहरुलाई पूर्ण रुपमा मान्यता प्रदान गर्नुपर्दछ, होइनभने भोकिा दिनमा कुनै नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न चीन किन जाने ? भन्ने प्रश्न उठन सक्दछ । अहिलेसम्म नेपाली युवाहरुमा चीन प्रती खासै बढी नकारात्मक धारणा बन्न सकेको थिएन तर यी र यस्ता घटनाले गर्दा अवश्य पनि तिनको मनमा चीन प्रती अविश्वासको वातावरण उत्पनन गर्न सक्नेछ । नेपाली विद्यार्थीहरुलाई भारत, अमेरिका, अस्टेलिया , बंगलादेश न्युजिलैन्ड र अन्य देशरुमा पनि उच्च शिक्षा अध्ययन गर्न जान्छ तर ति देशमा कहिल्यै समस्या उत्पन्न भएकोे सुनिएन तसर्थ पनि नेपाली विद्यार्थी को समस्या समाधान गर्ने काम हुनुपर्दछ । ३० लाख रुपैया जोहो गर्न एउटा नेपालीलाई आफ्नो घर जग्गा विव्रmी गर्ने अवस्था समेत उतपन्न गराउछँ । घरमा आइमाईका गर–गहना विव्रmी गर्नु , चर्को व्याज दरमा ऋण काढनु र आफुले खुन पसिना बगाई गरेको कमाईबाट पढाइमा खर्च गर्ने गरिन्छ । चीनीया सरकारले नेपाली छात्रको मार्का बुझने काम गर्नु पर्छ ।
भ्mबष् िस्( बल)कजचष्mबल२थबजयय।अयm